images
images
  • महिला युरो: बेल्जियमलाई पराजित गर्दै फ्रान्स विजेता, क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं- बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २-१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

    अघिल्लो खेलमा इटालीलाई ५-१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

    खेलमा अग्रता फ्रान्सले बनायो । उसका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरिन । बेल्जियमकि कायमानले ३६औं मिनेटमा गोल गर्दा खेल १(१ को अवस्थामा बढ्यो । तर, पहिलो हाफ सकिन ४ मिनेट अघि एमबोक बाथीले गोल गरेपछी फ्रान्स विजयी भयो ।

    समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक छ ।

    बिहीबार राति भएको खेलमा इटाली र आइसल्यान्डले १(१ अन्तरको बराबरी खेले ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images