images
images
  • युएईमा अलपत्र १६ वटा शव दुर्गा प्रसाईंले नेपाल ल्याइदिने

    काठमाडौं- रोजगारीका लागि युएईमा गएर विभिन्न कारणले ज्यान गुमाएर अलपत्र परेका १६ वटा नेपालीको शव मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाल ल्याइदिने भएका छन् ।

    एक साताअघि युएईको भ्रमण सकेर नेपाल फर्किएका प्रसाईंले अलपत्र १६ वटा शव ल्याउने जानकारी दिएका हुन् ।

    परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण वर्षौंदेखि शव अलपत्र परेको खबर दुबई भ्रमणको क्रममा जानकारी पाएकाे बताउँदै ती शव ल्याउने व्यवस्था सुरु गरिएको उनकाे भनाइ छ ।

    सहजीकरणका लागि दुबईस्थित राजदूतसँग पनि छलफल भइसकेकाे र प्रक्रिया पुग्नासाथ शव ल्याउने उनले बताए ।

    एउटा शव ल्याउन ४ लाख रुपैयाँ खर्च हुने र त्यो सबै आफैंले बेहोर्ने जानकारी दिए । याेसँगै विभिन्न कारणले जेल परेकालाई समेत छुटाउन पहल गरेको उनले जानकारी दिए ।

    प्रसाईंले पछिल्लो समय दुबईमा त्यहाँका राजपरिवारका सदस्यहरुसँग मिलेर मेडिकल कलेज सञ्चालनको तयारी गरेका छन् । यस्तै नेपालबाट खानेपानी निर्यातका लागि पनि तयारी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images