images
images
  • गभर्नरविरुद्ध आन्दोलन गर्दै लगानीकर्ताहरु

    काठमाडौं- धितोपत्र बजारका लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलन चर्काउने भएका छन् । राष्ट्र बैंकको जिम्मेवार पदमा बहाल रहेकै समयमा गभर्नर अधिकारीको नेकपा एमाले पार्टीको विभागीय जिम्मेवारीमा समेत नाम जोडिएर आएपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।

    यसअघि देखिनै रुष्ट लगानीकर्ताहरूले गभर्नर अधिकारी विरुद्ध बुधबार दिउँसो ४ः३० बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने भएका छन् । गभर्नर अधिकारीले गभर्नरभन्दा बढी पार्टीको कार्यकर्ताको रुपमा परिचालित भएको भन्दै लगानीकर्ताहरूले त्यसको भन्डाफोर गर्दै राजीनामा समेत माग गर्ने बताएका छन् ।

    यसअघि नै गभर्नर अधिकारीले ४/१२ को नीति ल्याएर सेयर बजारलाई नियन्त्रण गर्ने लागेपछि लगानीकर्ताहरु उनीसँग रुष्ट बन्दै आएका छन् । मंगलबार एमालेको अर्थ तथा योजना विभागको सदस्यमा ‘एम अधिकारी, खोटाङ’ भन्ने विवरण सार्वजनिक भएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

    यद्यपि, एम अधिकारी स्वयम् गभर्नर अधिकारी नै हुन् वा होइनन् सो भने अहिलेसम्म पुष्टि हुन सकेको छैन । विभागीय जिम्मेवारीमा रहेको उक्त व्यक्ति आफू नभएको अधिकारीको दाबी छ । नेकपा एमालेका नेताहरुले पनि एम अधिकारी गभर्नर अधिकार नभएको बताइरहे पनि ती व्यक्ति को हुन् भनेर स्पष्ट पार्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images