images
images
  • तीन जिल्लामा सिडिओ हेरफेर

    काठमाडौँ- गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।

    गृहले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ ।

    गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ।

    कञ्चनपुरका रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट बाहिर निस्किएका छन् । उनलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो ।

    गृह मन्त्रालयले गत शुक्रबार सिडिओ सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले आइतबार निर्णय कार्यान्वयन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images