images
images
  • स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्छ : मन्त्री कुवँर

    काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

    कैलालीको धनगढीमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले स्थानीय बासिन्दाको आवश्यकता अनुसार योजना छनोट गरी कार्यक्रम कार्यान्वयन ग¥यो भने मात्रै लाभदायी हुने बताउनुभयो ।

    उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सो कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै देशको विकास गर्न सकिने बताउँदै उहाँले कार्यक्रममा सबै वर्ग समुदायका बेरोजगार नागरिकलाई सहभागी गराउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा युवा सहभागितालाई पनि ध्यानमा राख्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा कैलाली र कञ्चनपुरका सबै पालिका तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत रोजगार संयोजकको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images