images
images
  • चिनियाँ कम्युनिष्ट नेता लिउ र अध्यक्ष ओलीवीच बालकोटमा भेटवार्ता (तस्विरसहित)

    काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन् ।

    भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली लगायत सहभागी छन् । यस्ते, उषा किरण भण्डारी , अन्जन शाक्य तथा कृशा केसी पनि भेटवार्तामा संलग्न छन् ।

    आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भने अस्ति र हिजो माओवादी अध्यक्ष प्रचण्ड सङ भेट भइसकेको छ ।

    291989995 10229643550499793 1144236183431562361 n

    292245898 10229643552979855 2741441371595320 n

    292247415 10229643552859852 6437907103772286758 n

    292029070 10229643553099858 7864281050244966544 n

    तस्विर: विष्णु रिजाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images