images
images
  • भट्टराई पक्षीय जसपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दै छ ।

    आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो ।

    जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगन्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

    भट्टराई र यादवबीच अब अलग–अलग भएर राजनीतिलाई अघि बढाउने सहमति भइसकेको छ । यहीबीच उनीहरूले छुट्टाछुट्टै बैठक आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images