images
images
  • वेष्ट इन्डिजविरुद्ध बंगलादेश ६ विकेटले विजयी

    काठमाडौं- बंगलादेशले वेष्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटले विजय हासिल गरेको छ । शोरिफुल इस्लामले चार र मेहिदी हसन मिराजले तीन विकेट लिएपछि  विजय हासिल गरेको हो ।

    वेष्ट इन्डिज भ्रमणमा रहेको बंगलादेशले गाएनास्थित प्रोभिडेन्स रंगशालामा टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो । वेष्ट इन्डिजले ४१ ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो । १५० रनको लक्ष्य बंगलादेशले ३१।५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

    बंगलादेशका महमुदुल्लाहले अविजित ४१ रन बनाए । नाजमुल होसैन सान्तोले ३७, कप्तान तमिम इकबालले ३३ रन बनाए भने नुरुल हसनले अविजित २० रन बनाए । वेष्ट इन्डिजका अकील होसैन, गुणकेश मोटिई र निकोलस पूरनले एक एक विकेट लिए ।

    त्यसअघि वेष्ट इन्डिजका लागि शमर ब्रुक्सले ३३, कप्तान पूरनले १८, रोमारियो शेफर्डले १५, काइल मायर्सले १० रन बनाउँदा एन्डरसन फिलिप २१ र जेडेन सिल्स १६ रनमा अविजित रहे ।

    बंगलादेशका इस्लामले ८ ओभरमा एक मेडनसहित ३४ रन दिएर ४ विकेट लिए भने मिराजले ९ ओभरमा दुई मेडनसहित ३६ रन दिएर ३ विकेट लिए । त्यसबाहेक मुस्तफिजुर रहमानले १ विकेट लिए ।

    यसअघि तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा वेष्ट इन्डिजले २–० ले जितेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images