काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयन गर्ने कुरामा संघीय सरकार गम्भीर नभएको बताएका छन् ।
संघीय सरकारले आवश्यक ऐन/कानुन निर्माणमा नसघाएको पनि उनले बताए । त्यस्तै आवश्यक प्रदेश ऐन बनाउँदा पनि संघ सरकारले सहयोग नगरेको उनको गुनासो थियो । आफूले चाहेर पनि संघीय सरकारले नचाहँदा उपलब्धि हासिल गर्न नसकिएको उनले बताए ।
संघ सरकारको सहयोग भएमा प्रदेशको शान्ति सुरक्षा चुस्त बनाउन सकिने पनि उनले बताए । संघ सरकारले ऐन निर्माणमा सहयोग नगर्दा प्रदेश प्रहरी गठनमा समस्या भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















