images
images
  • मान्छेकै कारण नाङ्गिएको वन र बस्ती (फोटोकथा)

    काठमाडौं- प्राकृतिक श्रोतमाथिका दोहनले प्रकृति त कुरुप बन्छ नै, प्राणीहरुको पनि अस्तित्व सकिन्छ । किनकि प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन ।

    चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ । देशका मुख्य सहरको त कुरै छोडौँ गाउँका वन, जङ्गलहरु पनि उजाड छन् । प्राकृतिक श्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ ।

    समग्रमा भन्दा प्राकृतिक श्रोतहरु मासिँदै छन् । काठमाण्डौ उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढा डाँडाकाँडा र वनजङ्गलहरुको समेत दोहन भइरहेको छ । ललितपुरको टीकाभैरव, नल्लु, देविचौर र लेले क्षेत्रलाई यसको नमुनाका रुपमा लिन सकिन्छ । यहाँका वनजङ्गलभित्र पनि ढुङ्गा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैँ विरक्त देखिन्छन् ।

    बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौँ अघिदेखि चल्दै आएका ढुङ्गा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जङ्गल मासिएको छ । तर पनि स्थानीय सरकार भने मौन छ ।

    सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कङ्क्रिट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन ।

    7 1
    महादेव खोलामा युनाइटेड सिमेन्टले सञ्चालनमा ल्याएको खानी ।
    6 2
    महादेव खोला ।
    5 2
    ललितपुरको देविचौर ।
    4 2
    नल्लु खोला । खानीका कारण धमिलो बनेको पानी ।
    2 3
    टिकाभैरवको खानी ।
    1 6
    टिकाभैरवको खानीमाथि रहेको सानोभैसे बस्ती ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images