दाङ- उच्च अदालत तुलसीपुरले देव विकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ३३ जनालाई जरिवानासहित कैद फैसला सुनाएको छ । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बिहीबार बैंकका कर्मचारी र सञ्चालक समितिका सदस्यलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजायको फैसला सुनाएको हो ।
बैंकको १८ करोड हिनामिना प्रकरणमा ५६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । जसमध्ये दोषी ठहर भएका ३३ जनालाई कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने फैसला भएको अदालतका शाखा अधिकृत गोकर्ण वलीले बताए।
२०७६ सालमा देव विकास बैंक नारायणपुर शाखाबाट १८ करोड रकम हिनामिना भएपछि बैंकका कर्मचारी र सञ्चालक समिति सदस्यविरूद्ध नेपाल सरकारले मुद्दा दायर गरेको थियो ।
मुख्य प्रतिवादीमध्ये समिर बुढाथोकीले साविक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि २०७६ जेठसम्मको अवधिमा कर्जा खाताहरूको भौतिक फाइल खडा नगरी बैंकिङ सफ्टवेयर प्रणालीमा कृत्रिम ३६ वटा कर्जा खाता खोलेका थिए । ती खाताबाट उनले १७ करोड ९९ लाख ९० हजार बराबरको कर्जा रकम सिर्जना गरेको ठहर अदालते गरेको छ ।
उक्त रकम प्रतिवादीहरू मध्येका बसन्तबहादुर बस्नेतसमेतका ४५ जना व्यक्तिका खातामा पठाएर ४५ जनाले आफ्नो खाताबाट झिकी प्रयोग गरी बैंकको रकम हिनामिना गरी बैंकलाई हानी नोक्सानी पुर्याएको अदालते ठहर गरेको छ ।
बैंकमा फर्जी खाता खोली बैंकको रुपैयाँ हिनामिना गर्ने बुढाथोकीलाई अन्य प्रतिवादीहरूले अप्रत्यक्ष रूपमा सहयोग गरेको देखिएकोले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा ६ बमोजिम मुख्य कसुरदार बुढाथोकीलाई हुने सजायको आधा सजाय हुने फैसला अदालते गरेको छ ।
कसलाई कति सजाय ?
१. बसन्तबहादुर बस्नेत- तोकिएको जरिवाना रकम २ करोड १५ लाख ३६ हजार २५० र २ बर्ष कैद सजाय ।
२. मनोज केसी- तोकिएको जरिवाना रकम १ करोड ४ लाख ११ हजार ७४६ र २ वर्ष कैद सजाय ।
३. रोशन बस्नेत – तोकिएको जरिवाना रकम ७१ लाख ८२ हजार ५०० र १ वर्ष ६ महिना कैद सजाय ।
४. झगबहादुर डिसी – तोकिएको जरिवाना रकम २० लाख ३१ हजार ५०० र १ वर्ष ६ महिना कैद सजाय ।
५. विनोद खड्का – तोकिएको जरिवाना रकम ५९ लाख ७५ हजार र १ वर्ष कैद सजाय ।
६. शान्ति केसी – तोकिएको जरिवाना रकम २ लाख र १० दिन कैद सजाय ।
७. मुकेश कुमार गुप्ता – तोकिएको जरिवाना रकम ४ लाख ५० हजार २५० र १५ दिन कैद सजाय ।
८. संजय बगाले – तोकिएको जरिवाना रकम १८ लाख ६२ हजार ५०० र १ वर्ष कैद सजाय ।
९. विनोदकुमार वली – तोकिएको जरिवाना रकम १५ लाख ३० हजार र १ वर्ष कैद सजाय ।
१०. विजया शर्मा – तोकिएको जरिवाना रकम १० लाख २५ हजार र १ वर्ष कैद सजाय ।
११. विजयकुमार गुप्ता – तोकिएको जरिवाना रकम ७ लाख ८२ हजार ५०० र १५ दिन कैद सजाय ।
१२. जीवराज रावत – तोकिएको जरिवाना रकम ९ लाख र २० दिन कैद सजाय ।
१३. अर्जुन बस्नेत – तोकिएको जरिवाना रकम १३ लाख २५ हजार र १ वर्ष कैद सजाय ।
१४. नोमबहादुर बुढाथोकी – तोकिएको जरिवाना रकम ७ लाख ५० हजार र १५ दिन कैद सजाय ।
१५. वीरेन्द्रकुमार गुप्ता – तोकिएको जरिवाना रकम ९ लाख ८७ हजार ५०० र २० दिन कैद सजाय ।
१६. प्रेमबहादुर बुढाथोकी – तोकिएको जरिवाना रकम ७ लाख र १५ दिन कैद सजाय ।
१७. किरण रावत – तोकिएको जरिवाना रकम ६ लाख ९३ हजार र १५ दिन कैद सजाय ।
१८. नोखमतीकुमारी बस्नेत – तोकिएको जरिवाना रकम ६ लाख ३२ हजार ५०० र १५ दिन कैद सजाय ।
१९. डेमकला खड्का – तोकिएको जरिवाना रकम १४ लाख २५ हजार र १ वर्ष कैद सजाय ।
२०. नरबहादुर कार्की – तोकिएको जरिवाना रकम ५ लाख ९५ हजार र १५ दिन कैद सजाय ।
२१. धनेश्वर आचार्य – तोकिएको जरिवाना रकम ५ लाख र १५ दिन कैद सजाय ।
२२. दोर्णबहादुर केसी – तोकिएको जरिवाना रकम ५ लाख र १५ दिन कैद सजाय ।
२३. रामबहादुर घर्ती – तोकिएको जरिवाना रकम ७ लाख ७५ हजार र १५ दिन कैद सजाय ।
२४. केशवी बुढाथोकी – तोकिएको जरिवाना रकम ५ लाख र १२ दिन कैद सजाय ।
२५– बसन्त बुढाथोकी – तोकिएको जरिवाना ३५ हजार ७७२ र ४ दिन कैद सजाय ।
२६. शरद पोखरेल – तोकिएको जरिवाना ३ लाख र १२ दिन कैद सजाय ।
२७. मतकुमार पौडेल – तोकिएको जरिवाना २ लाख ५० हजार र १० दिन कैद सजाय ।
२८. नरसिंह विश्वकर्मा – तोकिएको जरिवाना २ लाख ५० हजार र १० दिन कैद सजाय ।
२९. शालिकराम केसी – तोकिएको जरिवाना २ लाख ५० हजार र १० दिन कैद सजाय ।
३०. खुवीराम न्यौपाने – तोकिएको जरिवाना २ लाख र १० दिन कैद सजाय ।
३१. रविनकुमार डाँगी – तोकिएको जरिवाना १ लाख ७५ हजार ५०० र १० दिन कैद सजाय ।
३२. हेमन्त पुन मगर – तोकिएको जरिवाना ५० हजार र ५ दिन कैद सजाय ।
३३. बालिका महरा – तोकिएको जरिवाना २५ हजार र ४ दिन कैद सजाय ।


विश्व खबर 


















