images
images
  • नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत

    काठमाडौं- नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट स्वीकृत भएको हो । उक्त बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताएका हुन् ।

    यसअघि तीन पटक प्रतियोगिता सरेको थियो । प्रतियोगिताको मिति सरे पनि सरकारले बजेट घटाएको छैन । घिसिङले माग गरे वापतको बजेट स्वीकृत भएको बताइएको छ ।

    अर्थमन्त्रालयले प्रतियोगिताका लागि ६० करोडको बजेट स्वीकृत भएको छ,’ घिसिङले भने । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यसअघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो ।

    घिसिङले अघिल्लो पटक स्थानीय चुनाव र विद्यालयको परीक्षाको विषयका कारण प्रतियोगिता सरे पनि अब प्रतियोगिता नसर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images