काठमाडौं- हिमालयन बैंकले सिभिल बैंक किन्ने (प्राप्ती गर्नें) भएको छ । दुबै बैंकको मर्जर कमिटीले यससम्बन्धी सम्पूर्ण तयारी पूरा गरेको छ । स्रोतका अनुसार दुबै बैंकको बोर्ड बैठक बसेर यसलाई पारित गरेपछि आगामी शुक्रबार प्राप्ती .(एक्वीजिसन) सम्झौता हुने छ ।
एक्वीजिसन पश्चात सिभिल बैंक औपचारिक रुपमा हिमालयन बैंकमा विलय हुनेछ । संचालक समितिमा सबै हिमालयन बैंकबाट प्रतिनिधित्व हुनेछ । हाल सिभिल बैंकको १०० कित्ता सेयर हुनेले एक्वीजिसनपश्चात हिमालयन बैंकको ८० कित्ता पाउने छन् । एक्वीजिसनपछि बन्ने कम्पनीको नाम हिमालयन बैंक नै रहने र प्रमुख कार्यकारी अधिकृत पनि हिमालयनकै अशोक राणा रहने स्रोतले बताएको छ ।
यसअघि हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच बराबर अनुपातमा मर्ज सम्झौता भए पनि साधारणसभाबाट भाँडिएको थियो । मर्ज सम्झौता भाँडिएपछि इन्भेस्टमेन्टले मेगालाई गाभ्दैछ ।


विश्व खबर 


















