images
images
  • एनआरएनए यूकेको सूचना संयन्त्र दुरुप्रयोग गरेको आरोपमा महासचिवबाट खुशी लिम्बुलाई हटायो (सूचनासहित)

    बेलायत- गैरआवासीय नेपाली संघ बेलायतका महासचिव खुशी लिम्बुले संघको सूचना संयन्त्रहरु दुरुप्रयोग र पदाधिकारीले संस्थाको नाममा प्रयोग गरिरहेका इमेल, फेसबुक पेज कब्जा गरी गलत र अनुचित सूचना संप्रेषण गरेपछि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको छ ।

    गैरआवासीय नेपाली संघ यूके प्रवक्ता भरतमणि चोङ्बाङले बुधबार राती एक विज्ञप्ति जारी गर्दै महासचिव लिम्बुले समाजमा भ्रम उत्पन्न गर्ने तथा संस्थाको साखमा प्रत्यक्ष क्षति पुग्ने गरी कार्य गरेको कुरालाई गम्भिर रुपमा लिदै कार्य समितिको बैठकले नै महासचिवबाट संघको कुनै पत्राचार तथा जानकारी संप्रेषण नगर्ने नगराउने निर्णय गरेको जनाएका छन् । अब देखि सचिवहरु नम्रता घले, ज्ञानेन्द्र आले, बिष्णु चालिसे, प्रवक्ता चोङ्बाङ र अध्यक्ष प्रेम गाहामगरबाट आएका सूचना तथा जानकारी मात्र आधिकारिक हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

    ‘म प्रवक्ता स्वयंको इमेल समेत आजबाट त्यसै गरी कब्जा गरिएको छ । यस्तो अवस्थामा संघको सूचना तथा जानकारी संप्रेषणका सम्बन्धमा कुनै भ्रम नपरोस् भन्नका माथि उल्लेखित पदाधिकारी र तोकिएका इमेलहरुमात्र आधिकारिक हुने छ’, विज्ञप्तिमा जनाइएको छ ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/07/Statement.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images