काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजको क्यारेवियन प्रिमियर लिग (सीपीएल) २०२२ जमैका तलावाजबाट खेल्ने भएका छन् । जमैकाले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।
सन्दीपसँगै पाकिस्तानका इमाद वासिम, मोहम्मद आमिर, अस्ट्रेलिया क्रिस गिन र दक्षिण अफ्रिका मिगेल प्रिटोरियसलाई टोलीमा राखेको छ । इमाद, ग्रिन र प्रिटोरियस २०२१ मा पनि जमैकाको टोलीमा रहेका थिए । सीपीएल अगस्ट ३१ देखि सेप्टेम्बर ३० सम्म चल्नेछ । सन्दीपले २०१८ देखि २०२० सम्मको तीन सिजनमा जमैका, बार्बाडोस र सेन्ट किट्स एन्ड नर्भिसबाट २२ खेलमा २७ विकेट लिएका छन् । सन्दीपले २०२० को संस्करणमा जमैकाबाट खेल्दै सानदार प्रदर्शन गरेका थिए । उक्त सिजनमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए । रहमानले १६ विकेट लिएका थिए ।
सन्दीपलाई मंगलबार मात्रै श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपीएल) मा ५० लाख नेपाली रुपैयाँमा डाम्बुल्ला जायन्ट्समा अनुबन्ध गरेका छन् । पाँच टोलीको सहभागिता रहेको तेस्रो संस्करणको एलपीएल २०२२ जुलाई ३१ जुलाईदेखि २१ अगीस्टसम्म श्रीलंकामा हुनेछ । सन्दीप हाल आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिवियाबीचको त्रिकोणात्मक ओडीआई सिरिजको अभ्यासका लागि नेपाली टोलीसँगै क्यानडामा रहेका छन् । क्यानडापछि नेपाली टोली सिरिजका लागि स्कटल्यान्ड जानेछ ।
नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल खेल १७ जुलाईमा सकिनेछ । त्यसपछि सन्दीप नेपाल फर्केर केही दिनमा श्रीलंका जानेछन् । त्यसपछि नेपालको खेल नभएको खण्डमा सन्दीप सीपीएल खेल्न वेस्टइन्डिज जानेछन् । नेपाल टी–२० लिग आगमी असोज ८ देखि कात्तिक ५ ९सेप्टेम्बर २४ देखि अक्टोबर २२ ० सम्म आयोजना हुने भएको छ । प्रतियोगिता होम तथा अवेका आधारमा डबल राउन्ड रोबिनको आधारमा हुने भनिएको छ । नेपाल टी–२० लिग समयमै भएमा सन्दीपले सीपीएल भने गुमाने सम्भावना छ


विश्व खबर 


















