गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको व्यास गाउँपालिका २ मा तुइनबाट खसेर बेपत्ता भएका १७ वर्षीय सचिन बुढाथोकीको खोजी तीव्र बनाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीको खोजी तीव्र बनाउन गृहमन्त्रीले निर्देशन दिएका हुन्।
बुढाथोकी आज भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुँडिएर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















