images
images
  • डीएसपी पाण्डेयको नेतृत्वमा नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण

    दार्चुला- जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयको नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेको छ ।

    अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    यसअघि गएको जेठ २१ गते सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न १ नम्बर पिल्लर पुगेको नेपाल प्रहरी पुनः शनिवार दोस्रो चोटि त्यहाँ पुगेको हो ।

    डीएसपी पाण्डेयले व्यास गाउँपालिका–१ तिङ्कर भञ्ज्याङमा रहेको १ नम्बर सीमा स्तम्भलगायत क्षेत्रको सुरक्षा स्थितिको जानकारी लिनुका साथै समयानुकूल गस्ती गर्न प्रहरीलाई निर्देशन दिनुभएको प्रहरीले जनाएको छ ।

    डीएसपी पाण्डेयले प्रहरी चौकी सीतापुलको निर्माणाधीन भवन र इलाका प्रहरी कार्यालय तिङ्करको पनि अनुगमन, निरीक्षण गर्नुभएको बताइएको छ । १ नम्बर पिल्लर क्षेत्रमा अहिले बाक्लो हिँउका कारण नियमित गस्ती गर्न सकिने अवस्था नरहेको प्रहरी कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images