काठमाडौं- विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन समिति बनाउन प्रतिपक्षी नेकपा (एमाले) सहमत भएको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार छानबिन समिति बनाएर अघि बढ्न एमाले तयार भएको हो।
शर्मामाथि छानबिनका लागि संघीय संसदले संसदीय समिति बनाउन दलहरूसँग छलफल अघि बढाएको थियो। सोही अनुसार दलहरुबीच समिति बनाएर अघि बढ्ने सहमति जुटेको हो।
अर्थमन्त्री तीव्र विवादमा परेपछि सभामुख अग्नि सापकोटाले बुधबार ११ बजे बोलाइएको संसद बैठक नै रोकेर दलका सचेतकसँग छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस्






















