images
images
  • भगौडा सैनिक र प्रहरीले पुनः जागिर खान पाउने

    नेकपा एमालेका चार जना सांसदले सशस्त्र युद्धको समयमा जागिर छाडेका नेपाली सेना र नेपाल प्रहरीका कर्मचारीलाई एक तह बढुवा गरी पुनः जागिरमा प्रवेश गराउने प्रस्ताव राखेका छन् ।

    नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव राख्दै एमाले सांसदहरु गंगा चौधरी, आशाकुमारी विक, बिमला विक र विमला विश्वकर्माले यस्तो कानुनी व्यवस्थाको माग राखेका हुन् ।

    तत्कालिन नेकपा माओवादी केन्द्रको नेतृत्वमा भएको सशस्त्र युद्धका क्रममा नेपाली सेना र नेपाल प्रहरीका धेरै कर्मचारीले जागिर छाडेका थिए ।

    करकाप, डर, धम्की र विभिन्न परिबन्दमा परेर जागिर छाड्नु परेकाले उनीहरुलाई न्याय दिलाउन पुनः जागिरमा प्रवेश गराउनुपर्ने उनीहरुको प्रस्ताव छ ।

    ‘‘मापदण्डभित्र पर्नेलाई एक तहसम्म बढुवा गरी पुनः जागिरमा प्रवेश गर्ने, उमेरहद नाघिसकेकालाई पुनर्स्थापना सुविधा तथा सन्तानलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जागिरका लागि अग्रिम सुविधा सहितको व्यवस्था गर्नुपर्ने’ संशोधन प्रस्तावमा उल्लेख छ ।

    तर, राज्य व्यवस्था समितिका कतिपय सांसदहरुले जनयुद्धकालका भगौडा सेना र प्रहरीलाई एक तह बढुवा गरी पुनः जागिरमा प्रवेश गराउने प्रस्तावको विरोध गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images