images
images
  • विनोद शाही मृत्यु प्रकरण : १० जना विरुद्ध मुद्दा दायर, मेयरसहित तीन जनालाई अदालत लगिएन

    काठमाडौं- अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो ।

    मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ भने, फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

    पीडित पक्षले आरोपी भनेका र पक्राउ परेका मेयर अम्बिका चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई भने अदालतमा उपस्थित गराएन ।

    सरकारी वकिल कौशल ढुङ्गानाले उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै मुद्दा अघि नबढाएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images