काठमाडौँ- संसद भवन वरपर फुटपाथमा राखिएको काँडेतार हटाइएको छ । पैदल यात्री हिड्ने फुटपाथमा काँडेतार लगाएपछी सर्वसाधारणहरुले विरोध समेत जनाएका थिए ।
सर्वसाधारणको विरोध संगै सभामुख अग्निप्रसाद सापकोटाले संसद भवन बाहिर काँडेतार लगाउन नपर्ने बताएपछि आज काँडेतार हटाइएको छ । सभामुख सापकोटाले संसद भवन बाहिर काँडेतार लगाउन आवश्यक छैन भनेर सम्बन्धित निकायलाई भनेपछि हटाइएको छ, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।
काँडेतार लगाइएकोबारेमा सभामुख सापकोटालाई जानकारी दिइएको थियो । ‘काँडेतार लगाएको जानकारी सभामुखलाई आएको थियो। उहाँले यो काँडेतार लगाउन जरूरी छैन भन्नुभएको हो,’ उनले भने । संघीय संसद भवन अगाडि फूटपाथमा काँडेतार लगाउँदा हिँड्न समस्या भएको थियो।
प्रतिक्रिया दिनुहोस्






















