images
images
  • एक दिवसीय शृंखला: भ्रमणमा रहेको नेपाली टोली क्यानडासँग भिड्दै

    काठमाडौं- आईसीसी विश्वकप लिग २ अघि आज नेपाल र क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल बिगत एक सातायता क्यानडा भ्रमणमा छ ।

    अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानडामा रहेको हो ।

    क्यानडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।

    क्यानडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा नामेवियासँग त्रिकोणात्मक एकदिवसीय खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images