images
images
  • देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं- आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

    देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । साथै विभागले नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images