images
images
  • नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५ : संक्रमण बढ्ने आकलन

    काठमाडौं- ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ ।

    धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।

    भारत र अमेरिकामा पछिल्लो समय संक्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ । नेपालमा अहिले बीए ५ कै कारण संक्रमण गराइरहेको भए कोभिड–१९ फेरि समुदायस्तरमा बढ्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् ।

    बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images