काठमाडौं- बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल)को होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। काभ्रे जिल्ला तेमाल गाउँपालिका–७ मेच्छेमा घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनी केएमसीको क्यान्टिनमै कार्यरत थिइन्। उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली शनिबार राती नै केएमसी पुगेको थियो।
घटनाको अनुसन्धान भैरहेको छ।
प्रतिक्रिया दिनुहोस्






















