images
images
  • वित्थडचिरको ‘अस्लार अस्पताल’ डिपिआर नै गलत, अख्तियारमा उजुरी, निर्माण कार्य बन्द

    बझाङ-बझाङको बित्थडचिर गाउँपालिकाले निर्माणाधिन १५ शैयाको अस्पतालमा अलपत्र परेको छ । अस्पतालको डिपिआर तयार गर्दा नै त्रुटि भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । साथै, गाउँपालिकाले ठेकेदारलाई काम नगर्न पत्राचार गरेको छ ।

    १८ करोड लागत भएको अस्पताल जागृति निर्माण सेवाले ठेक्का पाएको थियो । गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको डिपिआर नै गलत भएको उजुरी अख्तियारमा परेपछि अस्पताल निर्माण अलपत्र परेको हो ।‘गत वर्ष म यता आउनु भन्दा पहिलेनै जागृति निर्माण सेवा कम्पनि र गाउँपालिकाविच अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भएको रहेछ । ३ करोड पेश्कि समेत ठेकेदार कम्पनिले लिएको देखिन्छ । तर, डिपिआर र स्टिमेट तयार गर्दा मिलेमतोमा गरेको उजुरी अख्तियारमा परेको रहेछ । अख्तियारको टोलि केहि दिन पहिले आएर अनुगमन गरेर गएको छ । हामीले पनि निमार्ण कार्य बन्द गर्न निर्देशन दिएका छौँ ।’ गाउँपालिकाका कार्यकारी रमेश विस्टले भने ।

    ‘अस्पताल बन्ने वा नबन्ने भनेर टुंगो लागेको छैन । डिपिआरमै त्रुटी भएपछि अख्तियारले पनि अनुसन्धान गर्दैछ । हामीले पनि अनुसन्धान गरिरहेकाछौँ । अस्पताल निर्माणको लागि यसपालि पनि करिब डेढ करोड निकासा भएको छ । उक्त रकम फ्रिज जाने देखिन्छ ।’ विस्ट भन्छन् ।ठेक्का सम्झौता गर्दा तत्कालिन गाउँपालिका अध्यक्ष, कार्यकारी र प्राविधिक कर्मचारीले निर्माण व्यवशायीसँग ठुलो रकम बुझेर ठेक्का मिलाएको आरोप लागेको छ ।

    ‘१५ शैयाको डिपिआर तथा स्टिमेट बनाउनु पर्ने थियो । तर १० शैयाको बनाएर पेश्कि समेत दिईसकेको रहेछ । अहिले अख्तियारमा उजुरी परेपछि निर्माण कार्य बन्द भएको छ ।’ एक जना निर्माण व्यवशायीले भने ।निर्माण यवशायीहरुबीच स्वच्छ प्रतिश्पर्धा बिना कमिशनको लेनदेन गर्न मिल्ने कम्पनीलाई ठेक्का दिन प्राविधिक रुपमा चलाखी गर्दै राज्य कोषको दुरुपयोग गरेको सरोकारवालाहरु बताउँछन् ।

    कसरी लिएको थियो जागृति निर्माण सेवाले अस्पतालको ठेक्का?
    गाउँपालिकाले अस्पताल निर्माणका पहिलो पटक टेण्डर आह्वान गर्दा भवनको भित्ता (वाल) ढुंगाबाट निर्माण गर्ने भनेर उल्लेख गर्यो । ढुंगाको पर्खाल जसलाई प्राविधिक भाषामा ‘स्टोन मेसिनरी’ भनिन्छ । सहजै इट्टा नपाइने तर प्रशस्त मात्रामा ढुंगा पाईने ठाउँहरुमा विकास निर्माणका लागि स्टोन मेसिनरी वालबाटै भवन निर्माण गरिन्छ ।

    गाउँपालिकाले आह्वान गरेको यो टेण्डर प्रक्रियालाई सहजै रुपमा हेरिएको थियो । दुर दराजमा भवन निर्माणमा सक्रिय थुप्रै निर्माण व्यवशायीहरु टेण्डर हात पार्न प्रतिश्पर्धामा जान तयारी गरिरहेका थिए । तर जब टेण्डर आह्वान भएको करिब २३ दिन पुग्यो गाउँपालिकाले नाटकिय शैँलीमा टेण्डर संशोधन गरिएको भन्दै दोस्रो पटक सुचना निकाल्यो । टेण्डर आह्वान भएको २३औँ दिनसम्म भवन निर्माणको टेण्डर थाप्न तम्तयार रहेका निर्माण व्यवशायी तब अचम्मित भरे जब दोस्रो पटक जारी गरिएको सुचनामा ‘स्टोन मेसिनरी वाल’ को सट्टा ‘अश्लार मेसिनरी वाल’ हुनु पर्ने भनेर उल्लेख गरियो ।

    छविस पाथिभेरामा पनि विवादमा जागृति निर्माण सेवाको ठेक्का छविसपाथिभेरा गाउँपालिकाका एक ठेकेदारले भवन निर्माणमा लापरबाही गरेकाछन् । सम्झौता अनुसार काम नभएपछि तत्काल निर्माण कार्य रोक्न निर्देशन भएको छ ।गत आर्थिक वर्ष छविस पाथिभेरा गाउँपालिका र जागृति निर्माण सेवाविच भएको ठेक्का सम्झौतामा अस्पतालको भवनमा अश्लार मेसिनरी वाल हुने उल्लेख गरिएको छ । तर, निर्माण कम्पनिले अहिले साधारण पर्खाल लगाएर भवन निर्माण गर्न थालेपछि गाउँपालिका अध्यक्ष बसन्तको अनुगमन टोलीले तत्काल काम रोक्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images