images
images
  • विश्वकप ग्लोबल छनोट खेल्न नेपालले राख्यो शीर्ष तीनभित्रको लक्ष्य

    काठमाडौं- आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन त्यति राम्रो हुन सकिरहेको छैन । १५ अंकका साथ नेपाल पाँचौँ स्थानमा छ । यसै महिना नेपालले लिग २ अन्तर्गत स्कटल्यान्डमा प्रतिस्पर्धा गर्दै छ । नेपालले आयोजक स्कटल्यान्ड र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । लिग २ को मध्यम तालिकामा रहेको नेपालले शीर्ष तीनभित्र आफूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

    नेपाली टोली स्कटल्यान्डका साथै लिग २ मा बाँकी रहेका खेलमा उत्कृष्टa नतिजा निकाल्न अभ्यासका रूपमा क्यानडाको भ्रमणमा छ । क्यानडाको भ्रमणमा निस्कनुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्वकप लिग २ मा शीर्ष तीनभित्र रहने योजना रहेको बताएका थिए ।

    पछिल्ला केही सिरिजमा नेपालले ब्याटिङकै कारण खेल गुमाएको थियो । ब्याटिङका साथै स्पिनर खेलाडीले पनि गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । ‘ब्याटिङमा मात्र नभएर स्पिनर पक्षमा राम्रो गर्न सकिरहेका छैनौँ,’ सन्दीपले भने, ‘यसको विपरीत फास्ट बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।’

    जितनजिक पुगेर अंक गुमाउँदा दुःख लाग्ने उनले बताए । कप्तान सन्दीप नामिबिया र स्कटल्यान्ड राम्रो टोलीका रूपमा लिन्छन् । नेपाललाई आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सीधै खेल्न र एकदिवसीय रक्षा गर्न बाँकी सबै खेल खेल्नुपर्ने हुन्छ । नेपाल सीधै विश्वकप ग्लोबल छनोट खेल्न कम्तीमा शीर्ष तीनमा पर्नुपर्ने हुन्छ। (नयाँ पत्रिकाबाट)

    प्रतिक्रिया दिनुहोस्
    images
    images