images
images
  • रेस्लर जुरेलीले दिइन् युवा संघका नेताविरुद्ध ललितपुर प्रहरीमा जाहेरी

    काठमाडौं- रेस्लर अस्मिता जुरेलीले धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै युवासंघका केन्द्रीय सदस्य हिक्मत बोहराविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। धान दिवसको अवसरमा ललितपुरको फर्सिडोलमा युवासंघले आयोजना गरेको धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै जुरेलीले प्रहरीमा जाहेरी दिएकी हुन्।

    जिल्ला प्रहरी परिसर ललितपुरमा रेस्लर अस्मिता जुरेलीले विहिबार जाहेरी दर्ता गरेको र अनुसन्धान प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छैन्।रेस्लर जुरेलीले आफूँमाथि दुर्व्यवहार भएको र न्यायको लागि प्रहरीमा जाहेरी दिएको बताइन्।

    ‘असार १५ मा ललितपुर महानगरपालिका२२ स्थित फर्सिडोलमा युवासंघले आयोजना गरेको रोपाइँ कार्यक्रममा उनीमाथि हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आरोपी हिकमत बोहरा उर्फ हिलारी बझाङका हुन् । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए।

    हिक्मतको प्रष्टीकरणः ‘जिस्किँदा–जिस्किँदै त्यस्तो भयो, जुरेलीमाथि हातपात गरेको छैन’

    बोहराले आफूले नियतवस अस्मितामाथि कुनै दुर्व्यवहार नगरेको प्रष्टीकरण दिएका छन् । अस्मिताले भनेजस्तो आफूहरू अपरिचित पनि नभएको उनको भनाइ छ ।‘हामी एउटै पार्टीका कार्यकर्ता हौं, सधैँ कार्यक्रमहरूमा भेट भइरहने बहिनी हो,’ उनले भने, ‘जिस्किँदा–जिस्किँदै यस्तो घटना भयो ।’

    रमाइलो गर्ने क्रममा जिस्केर हिलोमा लडाएको भएपनि आफूले हातपात भने नगरेको उनको भनाइ छ । ‘उहाँले किन गलत सोच्नुभयो थाहा छैन, तर मैले गलत नियतले उहाँलाई छोएको थिइनँ,’ बोहराले भने, घटनालाई अतिरञ्जित नबनाउन सबैसँग आग्रह गरेका छन् ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images