काठमाडौं- सशस्त्र प्रहरी बल नेपालका ५६ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी नायब उपरीक्षकमा ५६ जना सशस्त्र प्रहरी निरीक्षकहरुलाई बढुवा सिफारिस गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले जानकारी दिए।
उनका अनुसार बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने बताए। बढुवा सिफारिसको पहिलो नम्बरमा रामेश्वर श्रेष्ठ, दोस्रोमा छबिलाल रावत, तेस्रोमा राजनविक्रम कार्की र ५६ नम्बरमा सुरज रिजाल रहेका छन् ।
इन्सपेक्टरबाट डीएसपीमा को-को भए बढुवा सिफारिस (सूची) :
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/07/DSP-SIPHARIS.pdf
प्रतिक्रिया दिनुहोस्






















