images
images
  • एनआरएनए चीनद्वारा नवनियुक्त राजदुत श्रेष्ठलाई सम्मान

    काठमाडौं- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको पदाधिकारीहरुले नवनियुक्त महामहिम राजदूत विष्णु पुकार श्रेष्ठलाई काठमाडौंमा अवस्थित होटल म्यारियेटमा सम्मान गरेको छ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघ चीनका अध्यक्ष रोहित अग्रवाल, उपाध्यक्ष निर्मल शर्मा चौलागाई त्यस्तै एनआरएनए आइसीसी सदस्य तथा एसिया प्यासिफिक सचिव प्रदीप न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

    एनआरएनए चीनको अध्यक्ष रोहित अग्रवालले चीनको लागि नवनियुक्त राजदूत हुनुभएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो त्यस्तै चीनमा र नेपालबीचको अन्तर सम्बन्ध अझै उचाइमा पुग्ने र चीनमा रहेका नेपालीहरुको अविभावक हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो त्यस्तै गैरआवासीय नेपाली संघ र नेपाली राजदूतावास चीनबीच आगामी दिनमा पनि सधै सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो।

    त्यस्तै, महामहिम राजदूत विष्णु प्रकाश श्रेष्ठले आफ्नो कार्यकालमा नेपाल तथा चीन वीच द्विपक्षीय आर्थिक, पर्यटन सम्वन्धलाइ प्रवर्द्धन गर्न चीन संगको व्यापार तथा लगानी नेपाल भित्र्याउन पहल गर्ने , चीनमा अध्ययनको सिलसिलामा गएका विद्यार्थीको समस्या समाधानको लागि काम गर्ने आश्वासन दिनुभयो।

    सो अवसरमा गैरआवासीय नेपाली सङ्घ चीनले महामहिम राजदूत श्रेष्ठलाई ज्ञापन पत्र पनि बुझाएको थियो।

    यस्तो छ ज्ञापनपत्र:

    Screenshot 20220630 141720 Word

    Screenshot 20220630 141727 Word

    Screenshot 20220630 141733 Word

    प्रतिक्रिया दिनुहोस्
    images
    images