images
images
  • विषालु च्याउ खाँदा १५ जना गम्भीर बिरामी, आइसीयूमा उपचार हुदैँ

    काठमाडौं– विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँच जनाको आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले बताए।

    विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना बि.क, २८ वर्षीया कमला बि.क, आठ वर्षीया सुप्रिया बि.क, ३८ वर्षीय विष्णु बि.क, ३३ वर्षीया दुर्गा बि.क र ५० वर्षीय हुमबहादुर बि.क बिरामी भएका छन् ।

    यसैगरी, बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।

    यस्तै, बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रिमा बि.क, २८ वर्षीया कमला बि.क, आठ वर्षकी सुप्रिया बि.क, ३८ वर्षीय विष्णु बि.क र ३३ वर्षीया दुर्गा बि.क, ५० वर्षीय हुमबहादुर बि.क बिरामी भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images