images
images
  • सुनिल साहको नेतृत्वमा एनआरएनएले मधेश सरकारलाई ब्लड बैंक बस सहयोग गर्ने

    काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए)ले मधेश प्रदेश सरकारलाई ब्लड बैंक बस सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेश सरकारलाई ब्लड बैंक बस सहयोग गर्न लागिएको हो ।

    रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि ब्लड बैंक बस प्रदान गरिने एनआरएनका कोषाध्यक्ष सुनिल साहले बताए ।

    सबै कानुनी र खरिद प्रकिया सुरु भएर छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उहाँले बतानु भयो । ब्लड बैंक बसको करिब ६० लाख भन्दा बढी मुल्य पर्ने जनाइएको छ ।

    यस अघि पनि गैर आवासीय नेपाली संघले भरतपुर महानगर र सुदुरपश्चिम प्रदेशमा ब्लड बैंक बस प्रदान गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images