images
images
  • अन्तिम खेलमा अष्ट्रेलियाको जित

    काठमाडौं- घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३(२ ले हरायो ।

    श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

    अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे । यस्तै, मार्नुस ३१ रनको योगदान गरे । श्रीलंकाका दिनुथले सर्वाधिक ३ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए । कुशल मेन्डीसले २६ रनको योगदान गरे ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images