images
images
  • फिफा विश्वकप २०२२: एक टोलीमा २६ खेलाडी राख्न अनुमति

    काठमाडौं– कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल मा हरेक टोलीले २६ खेलाडी राख्न पाउने भएका छन्।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २६ खेलाडीलाई टोलीमा राख्न दिने निर्णय गरेको हो। यसअघि एक टोलीमा २३ खेलाडी मात्र राख्न पाइने प्रावधान थियो।

    तर, कोरोना महामारीपछि फिफाले २६ खेलाडी टोलीमा राख्न अनुमति दिएको हो। यसैवर्ष इंग्ल्यान्डमा सम्पन्न युरोकप २०२० समेत एक टोलीमा २६ खेलाडी राख्न दिइएको थियो।

    ​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ।

    नोभेम्बर २१ मा हुने उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images