images
images
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    रुपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

    भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय वसन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा गुडिरहेको उक्त मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर खादा दुर्घटनामा परेको हो ।

    दिउँसो ४ बजेतिर उक्त दुर्घटना भएको र मृतकको शव पोस्टमार्टमको लागी लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images