
काठमाडौं- ‘मिस नेपाल २०२२’ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् ।
ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् ।
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्