images
images
  • कुवेतमाथि नेपालको जित

    काठमाडौं- एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले कुवेतमाथि सहज जित निकालेको छ।

    मलेसियास्थित किनरारा भएको खेलमा कुवेतले टस जितेर पहिले फिल्डिङ् रोजेको थियो।

    नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको जोडेको थियो।

    जसमा नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३४ रन र इन्दू बर्माले २८ रन जोडेकि थिइन्।

    जवाफी ब्याटिङ्‍‍मा उत्रेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सक्यो।

    प्रतिक्रिया दिनुहोस्

    images