images
images
  • सिरहामा पोखरीमा डुवेर एक बालिकाको मृत्यु

    सिरहामा पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँ पालिका ३ खोरीयाका मोहम्वद अकवर मियाँकी छोरी करिव १० वर्षिय गुडिया खातुनको पोखरीमा डुवेर मृत्यु भएको हो ।

    साथीहरुसँग बाख्रा चराउन गएकावेला गाउँ नजीकैको पोखरीमा नुहाउने क्रममा डुवेको वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले जानकारी दिए ।

    उनका अनुसार बच्चा डुवेको खवर पाउनासाथ गाउँबाट युवाहरु गएर उद्धार गरी जिल्लाकै धनगढीमाई नपा ९ मा रहेको आरके मेडिसीटी अस्पतालमा उपचारको लागि लगेको भएपनि अस्पतालले मृत घोषणा गरेको बताए ।

    शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भईरहको प्रहरीको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images