images
images
  • केही प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम !

    काठमाडौं- आज बिहान प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा भएको छ ।

    दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    राति प्रदेश १ र बागमतीका का एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

    बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    शुक्रबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

    हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images