images
images
  • ओमानविरुद्ध बलिङमा नेपाल

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

    टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । ओमानविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा रहेको छ । नेपाल ओमानलाई हराउँदै २ अंक जोड्न चाहन्छ ।

    यस्तै नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

    तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । किनकी ओमानविरुद्धको पछिल्लो ५ भेटमा नेपालले एक पटक मात्र जित निकालेको छ । यस्तै ओमान पनि नेपाललाई हराउँदै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।

    ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images