images
images
  • एचएचसीए र भ्याली पब्लिक फाइनलमा

    एचएचसीए र भ्याली पब्लिक पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

    एचएचसीएले ग्रिनल्यान्डलाई २६–२२ ले पराजित गर्‍यो । एचएचसीएका सन्तोष शाहीले १५ अंक जोडे । भ्याली पब्लिकले एन्जल्स हार्टलाई ४५–२८ ले हरायो । भ्याली पब्लिकका सुशान्त चौधरीले १५ स्कोर गरे ।

    जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी ९इबीए० र एन्जल्स हार्टले उपाधि भिडन्त पक्का गरे । इबीएले ग्रिनल्यान्डमाथि २२–१० को जित दर्ता गर्‍यो । इबीएका एलेक्स राईले १० अंक जोडे । एन्जल्स हार्टले स्काइलार्कलाई १५–८ ले पाखा लगायो । एन्जल्स हार्टका प्रतीक कँडेलले ८ अंक बटुले ।

    सिनियर गल्र्समा पनि भ्याली पब्लिक उपाधिनजिक पुगेको छ । भ्याली पब्लिकले एचएचसीएलाई ३१–८ ले सहजै पन्छ्याउदै ग्रिनल्यान्डसंग फाइनल भेट पक्का गर्‍यो । ग्रिनल्यान्डकी लोरिशा गौचनले १४ स्कोर गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images