images
images
  • एसियन कप छनोटः कुवेतको सामना गर्दै नेपाल

    काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

    कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।

    बलियो टिम कुवेतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २(० ले पराजित भएको थियो ।

    आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । छनोटको समूह ुएु मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

    जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् ।

    यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images