images
images
  • विश्वकप लिग टुः नेपाल र अमेरिका भिड्दै

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो खेल खेल्दैछ ।

    टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

    अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्न चाहन्छ ।

    सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो।

    अमेरिका नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ। लिग टु मा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    अमेरिका २१ खेलमा २० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images