images
images
  • खल्तीमा रुमाल राख्नुका जान्नुस् फाइदा बेफाइदा !

    काठमाडौं- धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ ।

    दिनैदिनै धोएको रुमाल प्रयोग गर्नुस् । फोहोरी रुमालमा नकारात्मकता हावी हुन्छ ।

    अंक ज्योतिष अनुसार शुभ लाभको कामना गर्ने व्यक्तिले चार वा ६ फोल्ड गरेर गोजीमा राखेको राम्रो ।

    रुमालमा पेन वा पेन्सिलले केही पनि नराख्नुस् । यसो गर्दा एकाग्रतामा कमी आउँछ ।

    आफ्नो रुमाल कसैलाई पनि नदिनुस् अनि अरूको रुमाल पनि नलिनुस् । मधुरो रंगको रुमाल बोक्नुस् ।

    व्यवसायमा निरन्तर हानिको सामना गर्नुपरेको छ र निस्सन्तान हुनुहुन्छ भने पहेंलो रुमाल सदैव राख्नुस् ।

    आयभन्दा बढी खर्च भइरहेको छ, बुवाको सम्पत्ति नाश भइरहेको छ र आमा हरसमय कष्ट बेहोरिरहनुभएको छ भने १२ वटा बदाम कालो रुमालमा बाँधेर फलामको भाँडोमा अँध्यारो कोठामा राख्नुस् अनि चारवटा काँचा नरिवल नदीमा बगाउनुस् ।

    मंगलवार रातो रुमाल गोजीमा राख्नुस् । हनुमानजी प्रसन्न हुुनुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images