images
images
  • स्वीजरल्यान्डलाई पराजित गर्दै स्पेनको पहिलो जित

    काठमाडौं- स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ ।

    शुक्रबार रातिको जितसँगै समूह ए २ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे ।

    उनले १३ औं मिनेटमा मार्कोस लोरेन्टेको पास सदुपयोग गरे । बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पायो ।

    प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित स्विजरल्यान्ड तीन खलबाट बिना कुनै अंक पुछारमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images