images
images
  • जिसस नुवाकोटका लागि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन, २७ गते निर्वाचन

    काठमाडौं- जिल्ला समन्वय समिति नुवाकोटको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । जसका लागि आज दुवै पार्टीले सहमति गरेका छन् ।

    सहमतिअनुसार जिसस संयोजक माओवादी केन्द्रले पाएको छ भने, उपसंयोजक कांग्रेसले पाएको छ । नौ सदस्यीय समितिमा अन्य तीन सदस्य माओवादी केन्द्रको भागमा पर्दा चार सदस्य कांग्रेसले लिएको छ ।

    तीन खुला सदस्यमा दुई माओवादी केन्द्र र एक कांग्रेस, तीन महिला सदस्यमा दुई कांग्रेस र एक माओवादी केन्द्र र दलित/अल्पसंख्यक सदस्य कांग्रेसको भागमा परेको छ ।

    यही जेठ २७ गते निर्वाचन हुँदैछ । जसका लागि आज कांग्रेसका जिल्ला सभापति रमेशकुमार महत र माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछानेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    यस्तै आमन्त्रित साक्षीमा कांग्रेसका तर्फबाट संघीय सांसद बहादुर सिंह लामा र माओवादी केन्द्रबाट प्रदेश सांसद हिरानाथ लामिछानेले हस्ताक्षर गरेका छन् ।

    १२ स्थानीय तह रहेको नुवाकोटको जिससमा २४ मत हुन्छ । जसमा कांग्रेसले एक मेयर र एक उपमेयरका साथै ६ अध्यक्ष र ३ उपाध्यक्ष सहित ११ मत छ ।

    यस्तै माओवादी केन्द्रको एक मेयर र एक उपमेयरका साथै ३ अध्यक्ष र ७ उपाध्यक्ष गरी १२ मत छ ।

    286987964 5057301314323394 673684582216587334 n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images