काठमाडौं– पाँच रुपैयाँका नोट थान तीन।
ण/४७ ०१७६२९, थ/९४ १५७५१० र थ/७४ ९३८०३६।
शनिबार राति ९:५५ दुबईबाट नेपाल एयरलाइन्सको फ्लाइट नम्बर आरए २३० त्रिभुवन विमानस्थल अवतरण भएको थियो। त्यो जहाजमा सुन तस्करहरू रहेको सूचना प्रहरीले पाएको थियो। जहाज आउनुअगावै काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रहरीहरू त्रिभुवन विमानस्थल पुगेका थिए।हुलिया प्रहरीले पाइसकेको थियो। सुरेशबहादुर शाही र सन्दीप चन्द ठकुरीलाई प्रहरीले संदिग्ध ठान्यो।दुबैलाई प्रहरीले घेरा हालिहाल्यो। दुबै जनालाई दुबईमा ‘भीम लाहुरे’ भनी चिनिने व्यक्तिले लुगा पठाएका रहेछन्।४२ वर्षीय शाहफ रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर १ र २९ वर्षीय ठकुरी कपिलवस्तु वाणगंगा नगरपालिका-८ का हुन्।अनुसन्धान कार्यालयका अनुसार लाहुरेले नेपाल पुगेपछि त्यो लुगा निर्मला घलानलाई सम्पर्क गरी दिनू भनेका थिए।
२२ वर्षीया घलान बारा सिमरा उपमहानगरपालिका-१६ घर भई काठमाडौं बौद्ध बस्दै आएकी थिइन्।शाहीको शरीमा एउटा सर्ट र एउटा पाइन्ट थियो। ठकुरीको शरीरमा एउटा अन्डरवेयर, भेष्ट, सर्ट र एउटा पाइन्ट थियो।विमानस्थलमा सुरक्षाकर्मीले दुबैको कपडा खोल्न लगाए र तौल नापे। तौल नाप्ने क्रममा लुगाको असाधारण वजन देखियो।‘कपडा खोल्दा भित्र सुनजस्तो पहेंलो रंगको धुलो भेटियो,’ अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले भने।दुबैलाई प्रहरीले समात्यो। विमानस्थलमा लिन आएकी घलानलाई पनि प्रहरीले भेटिहाल्यो। कुँवरका अनुसार बरामद सुनको परिमाण ८८६ ग्राम थियो।
यी तीन जनालाई पक्राउ गरेपछि प्रहरीले अनुसन्धान सुरू गर्यो।अन्तत: प्रहरीले दुबई हुँदै काठमाडौंमा सुन तस्करीमा नयाँ प्रयोग भइरहेको तथ्य उजागर भयो।

‘दुबईबाट सुनको लेपन गरेको कपडा लगाएर २ जना नेपाल आउँदै छन् !’ झट्ट सुन्दा सूचना अनौठो थियो । सो सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले आफ्ना अनुसन्धान अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेकी गर्न पठाए ।
जेठ २१ मा नेपाल एयरलाइन्सको उडान आरए–२३० बाट गुल्मी घर भएका सुरेश बहादुर शाही र कपिलवस्तु वाणगंगा घर भएका सन्दिप चन्द ठकुरी विमानस्थलमा ओर्लिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गरे । सर्ट–पाइन्टको भित्री भागमा सर्च गरे । उनीहरुले लगाएको कपडाको तौल सामान्य भन्दा गहकिलो थियो । त्यसपछि कपडा उधारे । कपडा उधारेर हेर्दा भित्र सुनको पेस्ट बनाएर लेपन गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने– ‘सुन लिएर आउने दुईजनाको बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेका छौं ।’
पक्राउ पर्नेमा बारा घर भएकी २२ वर्षीया निर्मला घलान, धनुषा बडेश्वर–४ घर भएका ४१ वर्षीय बरुण भक्त माथेमा उर्फ राहुल, चिनियाँ नागरिक २७ वर्षीय लोब्सान ग्याल्सेन, नवलपरासीको सुनवल–१० घर भएका ४२ वर्षीय युवराज भुषाल र भारतीय नागरिक ५१ वर्षीय अमन राजपुत छन् । सुन ल्याउनेहरूको बयानका आधारमा पक्राउ परेका ५ जना दुबईबाट पठाएको सुन रिसिभ गरेर काठमाडौंमा बेच्ने भूमिकामा देखिएका छन् ।
सुन तस्करीमा प्रयोग भएका पाँच रुपैयाँका तीन नोट

कुँवरका अनुसार घलानलाई दुबईबाट सन्देश तामाङ नाम गरेका व्यक्तिले पटक(पटक फेसबुक म्यासेन्जरमा सम्पर्क गरी विमानस्थल आउन निर्देशन दिने गरेका थिए।अनुसन्धान अनुसार उनीहरूबीच म्यासेन्जरमै सुनको ‘डिल’ भएको थियो। सुरेश र सन्दीपले ल्याएका कपडा झोलामा राखेर दुई वटा प्याकेजका काम सक्ने योजना बनाइएको थियो।‘कपडा लिएर आउने सुरेश र सन्दीपलाई खाना खुवाएर दुई(दुई हजार रुपैयाँ दिएर पठाइदिने सम्झौता गरेका रहेछन्,’ कुँवरले भने।त्यो पहिलो प्याकेज दिन जो लिन जो आउँछ, उसले ण/४७ ०१७६२९ नम्बरको पाँच रुपैयाँको नोट देखाउँछ भनिएको थियो।त्यस्तै, अर्को मानिस, जसले थ/९४ १५७५१० नम्बरको पाँच रुपैयाँको नोट देखाउँछ। उनलाई प्याकेजको अर्को झोला दिनु भनिएको रहेछ।
ती प्याकेज लिन जाने लोब्साङ ग्याल्सेन र बरूणभक्त माथेमालाई पनि नोटसहित पक्राउ गरिएको छ।कुँवरका अनुसार ग्याल्सेनले एउटा प्याकेज र माथेमाले अर्को प्याकेजको जिम्मा लिएका थिए।४१ वर्षीय माथेमा धनुषा बटेश्वर गाउँपालिका(४ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्दै आएका थिए।तस्करीको योजनाअनुसार माथेमालाई युवराज भुसालबाट निर्देशन थियो। कुँवरका अनुसार उनलाई एउटा प्याकेज रिसिभ गर्न अमन राजपुत आउने र उनले थ/७४ ९३८०३६ नम्बरको पाँच रुपैयाँको नोट देखाउने व्यक्तिलाई जिम्मा लगाउनू भनिएको थियो।
राजपुतलाई प्रहरीले सिभिल अस्पताल अगाडिबाट नोटसहित पक्राउ गरेको छ। राजपुत नयाँ दिल्ली घर भई हाल ललितपुर बागडोल बस्दै आएका थिए।माथेमा र भुसाललाई माछापोखरीबाट नियन्त्रणमा लिइएको कुँवरले बताए। भुसाल भने नवलपरासी सुनवल नगरपालिका(१० स्थायी घर भएका व्यक्ति हुन्।अर्को प्याकेजको सुन व्यवस्थापनमा जोडिएका ग्यालसेन तिब्बती मुलका नेपाली हुन्। हाल काठमाडौं-६ बौद्ध बस्ने २७ वर्षीय ग्याल्सेनले ठिन्ले लामालाई सुन बुझाउन सर्त थियो।ठिन्ले लामा फरार छन्। उनी कहाँका हुन् भन्ने कुरा पहिचान भइनसकेको महाशाखाले जनाएको छ।
एसएसपी कुँवरका अनुसार सुन तस्करीका नयाँ(नयाँ उपाय पदार्पण भइरहेका छन्। धुलो बनाएर, साउन्ड बक्सभित्र लुकाएर, निलेर, गुद्वारमा लुकाएर सुन ल्याइने गरिएको छ।लुगामा लुकाएर ल्याउने तरिका पनि पुरानै हो। तर, सुन व्यवस्थापन गर्ने संकेत ‘नोट’को प्रयोग भने नयाँ देखिएको छ।‘नयाँ-नयाँ तरिका अपनाएर सुन तस्करी हुने गरेको देखिएको छ, हामी यस घटनापछि सूक्ष्म निगरानीमा छौं,’ कुँवरले भने।अनुसन्धान कार्यालयका अधिकृतहरूका अनुसार यो सुन दक्षिणी मुलुक भारततर्फ तस्करीका लागि ल्याइएको हुनसक्ने आशंका छ। बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बुझाइएको छ।

८ घण्टा भट्टीमा पकाउँदा …
सर्ट, पाइन्ट र अण्डरवेयरको भित्री भागमा लेपन गरिएको धुलो सुन ८ घण्टा भट्टीमा पकाएर संकलन गरिएको छ । भट्टीमा कपडासहित गालेर ८ सय ८६ ग्राम सुन संकलन गरिएको एसएसपी कुँवरले बताए । दुबई एयरपोर्टमा भीम लाहुरेले सुन लेपन गरिएको कपडा दिएको सुरेश र सन्दिपले प्रहरीलाई बताएका छन् । उनले सो कपडा नेपाल पुगेपछि ‘निर्मला घलानलाई दिनु’ भनेका थिए । सुन तस्करीको योजनाअनुसार विमानस्थलको पार्किङमा सुन लेपन गरिएको कपडा कुरेर बसिरहेको बेला घलान पक्राउ परेकी हुन् ।
अहिले विदेशबाट आउने एक व्यक्तिले नेपालमा ५० ग्राम सुनमात्रै ल्याउन पाउँछन्। त्रिभुवन विमानस्थलबाट किलोका-किलो सुन तस्करी हुन थालेपछि सरकारले सुनमा कडाइ गरेको छ।तर, भारततर्फ सुन तस्करी हुँदा निकै फाइदा हुने भएकाले मानिसहरू ज्यान माया मारेर सुन ल्याउने गरेका छन्।सुनमा कडाइसँगै तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल अफ्ठ्यारोमा परेको छ। उसले नयाँ-नयाँ जुक्ति निकालेर भरिया बनाएर मानिसहरूलाई सुन पठाउने गरेको छ।
तस्करको अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिएका व्यक्तिहरूले भरियाबाट सुन लिएर तस्करीमा प्रयोग गर्ने गरेका छन्।दुबईमा बस्ने भीम लाहुरेको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।





















