काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आफूले बजेट अनुशासनभित्र रहेर निर्माण गरेको दावी गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेटमाथिको छलफलमा जवाफ दिँदै यस्तो बताएका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताएका छन्।
उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरे।
‘यो बजेट तपाईंहरुको हो, म त केबल प्रतिनिधि मात्र हुँ’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको बिषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु। अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं।’
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















