images
images
  • एकल बहुमत रहेको कांग्रेसका उम्मेद्वार यसरी भए कार्यपालिकामा पराजित

    मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीचको असमझदारी चुलिँदा मोरङको बुढीगंगा गाउँपालिकामा एकल बहुमत भएर पनि नेपाली कांग्रेसका उम्मेदवारहरू कार्यपालिकाको चुनावमा पराजित भएका छन्।

    नेता कोइरालाको निर्वाचन क्षेत्रमै पर्ने बुढीगंगा गाउँपालिकामा कोइराला पक्षका अधिकांश जनप्रतिनिधि चुनिएको बुढीगंगाका देउवा पक्षधर जनप्रतिनिधिले माओवादी र एमालेसँग गठबन्धन गर्दा कांग्रेस उम्मेदवार पराजित भएका हुन्।

    यसरी कांग्रेसका उम्मेद्वार पराजित हुँदा कांग्रेसबाटै विद्रोह गरेर बागी उम्मेदवारी दिएर जितेकाहरू भने कार्यपालिकामा निर्वाचित भएका छन्। यहाँ कूल ३७ जनाको गाउँपरिषदमा कांग्रेस एक्लैले २२ जना जितेको छ। यसरी एकल बहुमतभन्दा पनि बढी संख्या हुँदाहुँदै पनि आन्तरिक विवादले कांग्रेस उम्मेदवारहरू कार्यपालिकामा पराजित भएका छन् ।

    बुढीगंगामा स्थानीय चुनावमा कांग्रेसले एक्लै चुनाव लड्दा पनि अध्यक्ष/उपाध्यक्षसहित बहुमत सिट जितेको थियो। देउवा पक्षले कोइराला पक्षसँग त्यही रिस फेर्न एमाले र माओवादीसँग कार्यपालिकामा तालमेल गरिदिँदा कांग्रेसका उम्मेद्वार कार्यपालिकामा पराजित भएका हुन ।

    गाउँपरिषदमा एमालेका १० र माओवादीका ५ जनप्रतिनिधि मात्रै भएपनि बिहीबार भएको कार्यपालिका चुनावमा कांग्रेस उम्मेदवारको साटो एमाले, माओवादी र कांग्रेसकै बागी उम्मेदवारले जितेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images