images
images
  • ५ महिने सरकारले २५ वर्षको बजेट ल्यायो : गोकुल बास्कोटा

    काठमाडौं- नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले बजेटमा समेटिएका आयोजनालाई हवाई कल्पनाको संज्ञा दिएका छन् ।

    आगामी आर्थिक वर्षको २०७९/८० को बजेटमाथि बोल्दै बास्कोटाले यसपटक ब्रिफकेस नफुटेको र बजेट सुन्न पाइएको भन्दै अर्थमन्त्रीलाई धन्यवाद समेत दिए ।

    ‘गत वर्षको बजेटमाथि टिप्पणी गर्दै अर्थमन्त्रीज्यूले भन्नु भएको थियो, कोषको अवस्थामा ध्यान नदिइ बजेट निर्माण नगरिएका कारण बजेटको विश्वस्नीयतामा प्रश्न उठ्छ । क्षमतामा मेल नखाले प्रचारात्मक बजेटले आकारमा काफी वृद्धि भएको छ ।
    उहाँले हिजो गरेको प्रश्नलाई आजको बजेटलाई प्रतिप्रश्न गरेको छ,’ उनले भने ।

    बास्कोटाले बजेट सुन्दा कर्णप्रिय भए पनि बजेट समाजवादी हो वा नवउदारवादी हो ठम्याउन नसकिएको बताए । उनले बजेटमा भएका आयोजनाहरु हवाई कल्पनामा आधारमा बनाइएको बताए ।

    ‘बजेटमा १ लाख उद्योग स्थापना गर्ने कुरा सुन्दा जी ७ र जी २० का नेताहरु पनि थरथर काँप्दा हुन्,’ उनले भने, ‘५ महिने सरकारले २५ वर्षको कल्पना गरेर बजेट ल्यायो, बजेटमा भएका हवाई कल्पाना सायद नासा र रस्कोमसले पनि गर्न सक्दैनन् ।’

    ‘बजेटमा चितवन–पोखरा–रामपुर–बुटवलमा द्रुतमार्ग निर्माण गर्ने भनिएको छ, के अर्थसचिवज्यूको घर हुँदै लैजानका लागि हो ?’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images